मदन पुरस्कार २०८१ का लागि आवेदन आह्वान
हेटौंडा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि कृतिकारहरुसँग आवेदन माग गरेको छ ।
बिहीबार एक सुचना जारी गर्दै गुठीले १५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५ भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।
गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५ वैशाख २०८२ भित्र मदन पुरस्कारका लागि आवेदन दिन अनुरोध गरेको छ ।
मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रतिष्ठित पुरस्कार हो भने २०१२ साल असोज १० गते यो पुरस्कार स्थापनाको घोषणा भएको हो ।
