बलात्कार आरोपमा हेटौंडाबाट ७ जना पकाउ

हेटौंडा । मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पकाउ परेका छन् ।
गएको माघ ६ गते बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका(२, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि प्रहरीले २२ फागुनमा हेटौंडाका विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेको थियो ।
पक्राउ परेका पाँच जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । आरोपित थप दुई जना किशोरलाई प्रहरीले फागुन २३ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।