समाचार

एनआरएनको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन माल्टामा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघको १६ औं युरोपियन क्षेत्रीय सम्मेलन र युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन माल्टामा हुने भएको छ । सम्मेलन ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई मनन गर्दै २८ देखि ३० मार्चमा माल्टामा हुने भएको हो । विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालीको...

हेटौंडा–काठमाडौं जोड्न मातातीर्थ सडक चैत २१ सम्म बन्द हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको देउराली–फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक मर्मतका लागि उक्त सडक बन्द गरिने भएको हो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक सूचना सार्वजनिक गर्दै...

हेटौंडा–१७ का वडाध्यक्ष सत्यालद्वारा महायज्ञको अवलोकन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा हाल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ जारी छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्यालले अवलोकन गरेका छन् । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति,...

भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका गुरुङ पक्राउ

काठमाडौं । भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका सुजल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्वर २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित पक्राउ गरिएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी घर भई हाल काठमाडौंको थली बस्ने २२ वर्षीय गुरुङलाई ट्राफिक प्रहरीले...

नेविसंघ मकवानपुर क्याम्पसको अध्यक्षमा घिमिरे

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईं समितिको अध्यक्षमा सागर घिमिरे सर्वसम्मत चयन भएका छन् । संघका केन्द्रीय सदस्य उमेशलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलाबाट घिमिरेको अध्यक्षतामा ४४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिमा उपाध्यक्ष उत्सव न्यौपाने, निरप्रताव सिंह, प्रशान्त सापकोटा र अजित घिमिरे चयन...

राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई सर्वसम्मतिबाट पारित भएको हो । बैठकमा सरकारको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भनि...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिजीका ८ सिट

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह (पिजी) अध्यापनका लागि ८ सिट दिइएको छ । चिकित्सा शिक्षा आयोगले उक्त प्रतिष्ठानलाई पिजीका ८ सिट दिएको छ । यसअघि उक्त कोर्सका लागि ७ सिट दिएको आयोगले एक सिटलाई पुनः विचार गर्दै ८ सिट दिएको...

लागूऔषधसहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको थाहा नगरपालिका–२ इन्द्रायणी बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट र स्टागन ५० ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ देउला टोल बस्ने २७...

बसको ठक्करबाट बालकको मृत्यु

धनगढी । बाजुरामा आइतबार बिहान बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लको साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले वनाएको छ । मृत्यु हुनेमा स्थानीय वर्ष ८ को नयन पाध्याय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा...

१२३ स्थानीय तहलाई नमुना पालिकामा विकास गर्ने तयारीमा माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी गरेको छ । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले जितेको पालिका प्रमुख/अध्यक्ष १२३ र उपप्रमुख/उपाध्यक्ष १३० स्थानमा नमुनाको रुपमा विकास गर्ने तयारी गरिएको हो । ती स्थानीय तहका जनतासँग सुख–दुःखसँग...