म भागेको छैन, सुरक्षित बसेको छु : दुर्गा प्रसाईं

काठमाडौँ । चैत १५ गते काठमाडौँमा आयोजित राजावादीहरुको आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंले आफू भागेको नभई सुरक्षित बसेको बताएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै उनले आफू भाग्न नजम्नेको दावी गर्दै भेटेको ठाउँमा गोली हान्न आदेश भएकोले सुरक्षित बसेको प्रसाईंले बताए ।
प्रहरीले पक्राउ गर्न खोजिरहेको भएपनि उनलाई हालसम्म फेला पार्न सकेको छैन ।
सो घटनाप्रति दुखः लागेको भन्दै प्रसाईंले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आफूलाई मार्ने सूचना प्राप्त गरेपछि व्यारिएर तोडेर सुरक्षित स्थानमा बसेको प्रसाईंको दावी छ ।
राजावादीहरुको आन्दोलन भड्किँदा दुई जनाको मृत्यु भएको छ भने थुप्रै ठाउँमा आगजनी र लुटपाट भएको छ ।