तीनकुने घटनामा पक्राउ गर्नेको संख्या ६५ पुग्यो

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ।
यस अघि ४१ जनालाई पक्राउ गरी मुद्धा चलाइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, सो दिनको प्रदर्शनमा संलग्न भएकाहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरुलाई स्क्रिनिङको आधारमा मुद्धा चल्ने अवस्था भए म्याद थपिएको र त्यस्तो अवस्था नभए रिहा गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुलाई काठमाडौँका विभिन्न स्थानबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।