समाचार
भारत जाँदै कांग्रेस सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदैछन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सभापति देउवा इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने...
रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
बुटवल । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक बाराको निजगढ–५ निवासी ३६ वर्षीय जिते कुमार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट...
कातिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुन प्रतितोला १ हजार एक सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सुन प्रतितोला १...
विकास निर्माण र आर्थिक समृद्धिको काम अघि बढाएको छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको बताएका छन् । प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयन तर्फ अग्रसर रहेको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि...
राष्ट्रिय एकता कायम गर्न सञ्चार क्षेत्रको भूमिका जरुरी छः मन्त्री लामिछाने
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले देशमा राष्ट्रिय एकता कायम गर्न सञ्चार क्षेत्रको भूमिका जरुरी रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिको ६४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले सामाजिक सद्भाव र बलियो राष्ट्रिय एकता कायम गर्न सञ्चार क्षेत्रको भूमिकामा हुनुपर्ने...
आज यी पाँच प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको जनाइएको...
आज नवौँ निर्वाचन दिवस मनाइँदै
काठमाडौं । बुधबार (आज) नवौँ निर्वाचन दिवस मनाइँदै छ । ‘निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता’ नारासहित आज निर्वाच्न दिवस मनाइने भएको हो । नेपालमा वि.सं. २०१५ फागुन ७ गते आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आएको हो । सो अवसरमा निर्वाचन...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो । मंगलबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको...
पानीमा डुबेर बालकको मृत्यु
धनगढी । कैलालीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै घर अगाडि रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको खाल्डोमा डुबेर बालक घाइते भएका थिए । घाइते...
बागमती प्रदेश प्रमुख देवाकोटाद्वारा प्रजातन्त्र दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । आज (बुधबार) राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश प्रमुख देवकोटाले देश तथा विदेशमा रहेकाहरुलाई सम्पूणलाई शुभकामना दिएका हुन् । ‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा...










