समाचार

एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री नेपाल रोगले च्यापेपछि भने राजनीतिबाट बाहिरै थिए । उनको जन्म...

२०४७ पछि सार्वजनिक जिम्मेवारीमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले विगत र वर्तमानको समान्य समीक्षा नै नगरी औपचारिकता पूरा गर्न मात्र नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् । प्रचण्डले आफ्नो नेतृत्वको सरकार हुँदा महत्वपूर्ण काम भएको स्मरण गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने समेत प्रचण्डले बताए ।...

गौशाला नजिकै मोटरसाइकल चेक गर्दा ९५ लाख भेटियो, चार जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले आज राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय रुपैयाँ नगद फेला पारेको हो । सदा झै आज अपरान्ह...

नेपालले विश्व पर्यटन सङ्गठनसमक्ष पेस गरे ओदाहाको प्रमाणपत्र

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मङ्गलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे । सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तरराष्ट्रिय पर्यटक...

पानी सुकाएर खोज्दा पनि भेटिएन सडकमा भासिएको गाडी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका गौरीगाउँमा सडक भासिएको सोही आल्डोमा डुबेको गाडी हालसम्म फेला परेको छैन । गाडी खोज्न दिनभर प्रयास गर्दा पनि गाडी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, गाडी भासिएको खाल्डोको पानी सुकाएर गाडी खोजी गरिएको भएपनि फेला पार्न...

भृकुटीमण्डपको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारको तयारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारले तयारी गरेको छ । शुक्रबार संघिय संसद्का दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपको जग्गालाई सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र बनाउने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गरेका सीमित व्यापारीलाई खुशी...

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसद् मा पेश

काठमाडौँ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । सरकारको आर्थिक वर्ष २०८२ ०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद् भवनमा पुग्दा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षले स्वागत गरेपछि राष्ट्रपति...

सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने

काठमाडौं । सरकारले विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२र८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो घोषणा गरेका हुन्। राष्ट्रपति पौडेलले विकास निर्माणका क्रममा देखिएका कमी र कमजोरीलाई...

स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा बढाइने, बीमा बोर्डको पुनर्संरचना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा बढाइने बताएका छन् । शुक्रबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइ गम्भिर खालका रोगलाई समेत...

आज संसद् बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ । संघीय संसद्को दुबै वैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । नेपालको संविधान बमोजिम राष्ट्रपतिले दुबै सदनको बैठकदलाई सम्बोधन गर्नेछन् । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको...