शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा दिइने

तु खबर संवाददाता
२०८२ जेष्ठ १५, बिहीबार १७:०१

काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिने बताएका हुन्।

शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, परियोजना प्रस्तावका आधारमा विनाधितो दुईदेखि २० लाख ऋण दिने उल्लेख गरेका हुन्।

यसै गरी ऋण दिने घोषणा यसअघि पनि भएको थियो । त्यतिबेला २ प्रतिसत व्याजदरमा ऋण दिने घोषणा गरिएको भएपनि यो कार्यान्वयनमा आउन सकेको थिएन । बैंकहरुले २ प्रतिसतमा ऋण दिँदा सुरक्षणम् बापतको १ प्रतिशत रकम, अपरेटिङ खर्च समेत नपुग्ने भन्दै ऋण दिन नसकिने बताउँदै आएका थिए ।

त्यतिबेला बैंकहरुले न्यूनतम ४ प्रतिशत रकममा भने ऋण लगानी गर्न संभव हुने बताएता पनि अहिले फेरी सरकारले ३ प्रतिशतमा ऋण लगानी गर्ने योजना ल्याएको छ, यसको कार्यान्वयनमा पनि शंका रहेको छ।