समाचार
कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तीब्रता दिइएको छ– स्वास्थ्यमन्त्री खतिवडा
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई खोप लगाउने कार्यलाई तीब्रता दिन सरकारले खोप ल्याउने कार्य सुरु गरिसकेको बताएका छन् । समाजवादी प्रेस संगठन मकवानपुरद्वारा आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले १२ वर्षदेखि १८ वर्ष...
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित...
राष्ट्रपति आउने भएपछि उत्साहित मटिहानी
महोत्तरी । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख ९राष्ट्रपत०० आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न...
दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु
राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा...
मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै
गोरखा । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको...
जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो...
कांग्रेस अधिवेशन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं...
मकवानपुर जिल्ला अदालत : बन्दी प्रत्यक्षकरणबाहेक मुद्धामा बहस नगरिने
मकवानपुर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै आन्दोलनरत् कानुन व्यवसायीले आज (आइतबार) स्थानीय अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै मुद्धामा बहस नगर्ने भएका छन् । आन्दोलनरत् नेपाल बार एसोसिएसनको शान्तिपूर्ण विरोध कार्यक्रममा सर्वोच्च अदालत परिसरभित्र हातहतियारसहित प्रहरी परिचालन गरी कानुन व्यवसायीलाई हातपातसमेत गरेको विरोध गर्दै मकवानपुर जिल्ला अदालत बार एसोसिएसनले पनि...
हेटौंडा भेट्रान्स कप मंसिर २७ देखि हुने
मकवानपुर । हेटौंडा भेट्रान्स क्लबले सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता यही मंसिर २७ गतेदेखि आयोजना गर्ने तयारी गरेको छ । क्लबको शनिबार भएको सातौ साधारणसभाले यस्तो निर्णय गरेको हो । साधारणसभा उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मकवानपुरको फुटबल क्षेत्रमा हेटौंडा भेट्रान्सले देखाएको गतिविधि उल्लेख्य रहेको बताए...
एसपी राठौरको सरुवा, मकवानपुरमा गुरुङ आउने
मकवानपुर । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यालयले शनिवार सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कार्यरत २२ जना एसपीहरुलाई सरुवा गरेको उल्लेख गरेको छ । मकवानपुरका एसपी सोमेन्द्र सिं राठौर पनि सरुवा भई प्रहरी प्रधान कार्यालय यु एन जगेडा नक्साल जाँदै छन्...










