समाचार
मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै
मकवानपुर । मकवानपुरमा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ । यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ । उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गीे...
मौसममा क्रमिक सुधार
काठमाडौँ । अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा आजदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली...
आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौ : माधव नेपाल
काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुई दिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको...
चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण
काठमाडौँ । योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका हुन् । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरेका थिए । रामदेव बाबा र पतञ्जलि...
दुर्घटनामा श्रेष्ठको मृत्यु
सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ५ ख ४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल...
मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग
तनहुँ । सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमा ल्याएर...
श्रमिक सहकारीको साधारण सभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष मिनबहादुर प्रधानको सभाध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष पूर्व सांसद ललितकुमार बस्नेतको प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएको हो । सहकारीले आर्थिक वर्ष २०७७/७८मा...
बाल दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग
मकवानपुर । अन्र्तराष्ट्रिय बाल दिवसको अवसरमा हेटौंडा उपहानगरपालिकास्थित रहेको बालसुधार गृहलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना एवम् मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्वको संजाल मकवानपुरको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय बालगृहका ५४ जना बालकहरुलाई शैक्षिक सामाग्री हस्तारणगरिएको...
मकवानपुरका ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न (मत परिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन गरेको छ । अधिवेशनले सबै क्षेत्रमा नयाँ नेतृत्वसमेत चयन गरेको छ । केही पदमा सहमतिबाटै नेतृत्व चुनिएका छन् भने केहीमा निर्वाचन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा सभापति पदमा जिल्ला...
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
पर्वत । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गरेका छन् । सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र...








