समाचार
वंशगोपालको १२ कोठे भवन शिलान्यास
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । विद्यालयको पुरानो भवन जिर्ण बनेपछि नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार, १२ कोठाको ३ तल्ले भवन निर्माण हुनेछ । मदन भण्डारी मार्ग...
रिमाले जितिन् २५ हजार
मकवानपुर । जेसीआई हेटौंडाले आयोजना गरेको राष्ट्रिय वक्तृत्व कला प्रतियोगितामा रिमा काफ्ले उत्कृष्ट वक्ता घोषित भएकी छन् । शनिबार हेटौंडामा भएको फाइनलमा उत्कृष्ट वक्ता घोषित हुँदै रिमाले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै, ‘समृद्ध नेपालका लागि सचेत युवा वर्गको हस्तक्षेप’ विषयक वक्तृत्वकला प्रतियोगितामा स्वर्णिमा सुवेदी र रेश्मा...
प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुन्छ : मन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुने अवस्था बनाउन काम गर्ने प्रतिबद्वता जनाएका छन् । मेलम्ची–७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन, स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा उनले जनताले विश्वास गरेर सांसद बनाएको र अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले जनतालाई...
माओवादी केन्द्र हेटौंडा ५ को अध्यक्षमा भीमसेन
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कमिटीको अध्यक्षमा देवनारायण लामिछाने (भीमसेन) सर्वसम्मत रुपमा चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न प्रथम वडा सम्मेलनले भीमसेनको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । त्यस्तै कमिटीको उपाध्यक्षमा रोजिता लम्साल, सचिवमा रिता आचार्य, सह–सचिवमा विकास...
नेपाल गोरखा परिवार दक्षिण कोरियामा दर्ता
सउल । दक्षिण कोरियामा स्थापना भएको र लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएको ‘नेपाल गोरखा परिवार’ नामक संस्था कोरियाको सउलस्थित सेमुस (कर कार्यालय) मा दर्ता भएको छ । २२ बर्षअघि स्थापना भई गैर नाफामूलक सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको यो संस्था हालसालै कर कार्यालयमा प्रारम्भिक रुपमा दर्ता...
सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस् : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट...
एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन् । “हामी आफैँ निर्वाचन लड्न सक्षम...
‘एमाले अझै पनि एक नम्वरकै पार्टी’
मकवानपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अरु पार्टीको तुलना एमाले अझै पनि एक नम्वरकै पार्टी रहेको बताएका छन् । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले केही समुह चोइटिए गएपनि एमाले अझै पनि नम्वर एक पार्टी...
जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेका छन् । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताए । उनले भनिन्, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ । जलवायु परिवर्तनका कारण सिर्जित समस्याको...
एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो
काठमाडौँ । नेकपा (एमाले) ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १० औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य...










