समाचार

दाइजो नदिएको रिसमा हत्या गरेको आरोपमा पक्राउ

सप्तरी  । श्रीमतीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपित मियाँलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । दाइजोबापत मोटरसाइकल र नगद नदिएको भन्दै...

नौमूले जलविद्युत् गृहमा समस्या

जुम्लाको गुठिचौर गाउँपालिका – ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन् । मङ्गलबारदेखि विद्युत्गृहमा समस्या आएको हो । विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए । गुठिचौर गाउँपालिका–५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा...

रनफर प्रोटिन हाफ म्याराथन हुने

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो । प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरुषतर्फ पाँच किमि तथा महिलातर्फ तीन...

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए । उनका...

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

खलङ्गा जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उनले भने, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको...

दशौँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुनेछ: प्रवक्ता ज्ञवाली

काठमाडौँ ।  नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताएका छन् । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने...

राष्ट्रिय जनगणना: गणकलाई खाना र चिया

सुदूरपश्चिम । राष्ट्रिय जनगणना २०७८को गणकमा खटिनुभएकी वसन्ती सापकोटा घर घरमा पुगेर तथ्याङ्क लिइरहँदा निकै खुशी मुद्रामा भेटिनुभयो । जनगणनाको काममा खटिँदा कतिपय परिवारबाट आफूले पाइरहेको स्वागत सत्कारको व्यवहारले जनगणना गर्ने काममा हौसला मिलेको उहाँले बताउनुभयो । ‘‘आफूले आजसम्म गणना सकेको ९० प्रतिशत घरधुरीमा निकै स्वागत सत्कार भएको पाएँ,’’...

बिरुवा बिक्रीबाट राम्रो आम्दानी

रामपुर । रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन । विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँ करिब एक रोपनी जग्गामा हरेक वर्ष...

अग्रणी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दाहाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ खोपेगल्लीस्थित अग्रणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा भुपाल दाहाल चयन भएका छन् । सहकारीको शनिवार सम्पन्न १० औँ वार्षिक साधारणसभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै संचालक समितिको उपाध्यक्षमा रामहरि न्यौपाने, सचिवमा धु्रवप्रसाद सञ्जेल, कोषाध्यक्षमा राजकुमार तिमल्सिना...

हेटौंडा अस्पताललाई ‘ए ग्रेड’ को एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताललाई आइतबार ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण गरेका छन् । नेपाल भारत सहयोगले सरकारलाई उपलब्ध गराएको अत्याधुनिक सुविधायुक्त सो एम्बुलेन्स मन्त्री खतिवडाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स...