‘एमाले अझै पनि एक नम्वरकै पार्टी’

तु खबर संवाददाता
२०७८ मंसिर ४, शनिबार १६:३७

मकवानपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अरु पार्टीको तुलना एमाले अझै पनि एक नम्वरकै पार्टी रहेको बताएका छन् । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले केही समुह चोइटिए गएपनि एमाले अझै पनि नम्वर एक पार्टी रहेको बताएका हुन् ।

उनले एमालेको १० औं महाधिवेशन सकिएपछी संगठन विस्तार र पार्टीका कामलाई महत्वपूण रुपमा अगाडी बढाउने बताए । पार्टी फूटबाट जोगाउन नसकेकाले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी फुटेर गएको उनको भनाई छ । उनले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक हुने बताए । अधिवेशन सफल बनाउन पार्टीको सम्पुर्ण शक्ति एक हुने उनको भनाई छ ।

चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालको अध्यक्षता एवम् स्थायी कमिटी सदस्य रायमाझीको प्रमुख आतिथ्यतामा आज (शनिबार) हेटौंडामा बैठक बसेको हो । बैठकले लम्सालको संयोजकत्वमा २००१ सदस्यीय जनपरिचालन समिती निर्माण गरेको छ ।

त्यसैगरी, सचिव एकालाल श्रेष्ठको संयोजकत्वमा र्याली व्यवस्थापन समिति, जिल्ला सदस्य बिश्वराज राइको संयोजकत्वमा यातायात व्यवस्थापन संयोजक बिश्व राज राई, सचिवालय सदस्य नवीन सिग्देलको संयोजकत्वमा महाधिवेशन प्रचार प्रसार समिति, उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन, उपसचिव लालबहादुर थापाको संयोजकत्वमा सास्कृतिक झाकी जातीय भेषभुषा ब्यबस्थापन समिति निर्माण गरिएको छ ।

यस्तै, कार्यक्रममा सहभागिताका लागि मकवानपुरको बागमती गाउँपालिका सहजकर्तामा खेम जर्घा र शर्मिला बिक, बकैयामा कृष्ण चौलागाईं र बेलप्रसाद दाहाल, मकवानपुर गढीमा बिदुर हुमागाई र मेम्बर लो, भिमफेदीमा हिदम लामा र पार्वती राना, इन्द्र सरोबरमा डीके पुडासैनी, थाहानगरपालिकामा बिष्णु ढकाल र बुद्ध रत्न मानन्धर, कैलाशमा बच्छु ढुंगाना र बुद्धि ब मोक्तान , मनहरीमा हेम उप्रेती र गौतम लामा, हेटौंडामा नवीन सिग्देल फुर्वा लामा, सुनिल मोक्तान, मदन दाहाल, ध्रुब चौलागाईंलाई जिम्मेवारी दिइएको सचिव एकालाल श्रेष्ठले जानकारी दिए ।

यसैगरी, प्रदेश कमीटीमा रहेका अणराज जर्गा र जयबहादुर वाइवालाई बागमती, पद्मा पौडेललाई बकैया, हर्कमाया रुम्बा र नबराज तिमल्सीनालाई मकवानपुरगढी, भगवती पुडासैनीलाई भीमफेदी, सुभाषचन्द्र ठकुरी, देबराज रीमाल, नारायण सापकोटालाई ईन्द्रसरोबर, सुभाषचन्द्र ठकुरी र बरीना बलाई थाहा, महेश बर्तौलालाई कैलाश, सुन्तली प्रजालाई राक्सिराड, एकराज उप्रेती, श्याम ढकाललाई मनहरी, अनन्त पौडेल, रघुनाथ खुलाल र जुनेली श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका, मधुसुधन खतिवडा, अर्जुन अर्याललाई इलाका मजदुर र पेशागत महासंघको रधुनाथ खुलाललाई जिम्मा दिइएको सचिव श्रेष्ठले बताए ।