श्रमिक सहकारीको साधारण सभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष मिनबहादुर प्रधानको सभाध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष पूर्व सांसद ललितकुमार बस्नेतको प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सहकारीले आर्थिक वर्ष २०७७/७८मा १२ करोड ७९ लाख १० हजारको कारोबार गरेको छ । आफ्ना शेयर सदस्यलाई ९ करोड ४१ लाख ३२ हजार ४२६ कर्जा लगानी गर्दै ९ करोड ४४ लाख २१ हजार २६३ बचत निक्षेप राख्न सफल भएको छ । २ करोड ३३ लाख ६६ हजार शेयरपुजीँ रहेको सहकारीमा १ हजार २४२ शेयर सदस्य आवद्ध रहेका छन् ।
सभामा सहकारीले असल बचतकर्ता भनेर सीतामाया गोले र असल ऋणी भनी चन्द्रबहादुर लामालाई सम्मान गरिएको थियो । सभामा हेटौंडा वडा नम्बर १० का वडा अध्यक्ष किताबसिं लामा, उपमहानगरका सहकारी विभागका हिमप्रसाद पौडेल, जिल्ला बचत संघका सदस्य शंकरप्रसाद कालाखेती, साइराम साकोसका उमा निरौला सिग्देल, लेखा संयोजक उद्धवप्रसाद उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।
