एसपी राठौरको सरुवा, मकवानपुरमा गुरुङ आउने

तु खबर संवाददाता
२०७८ मंसिर ५,आईतवार ०८:२२

मकवानपुर । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यालयले शनिवार सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कार्यरत २२ जना एसपीहरुलाई सरुवा गरेको उल्लेख गरेको छ । मकवानपुरका एसपी सोमेन्द्र सिं राठौर पनि सरुवा भई प्रहरी प्रधान कार्यालय यु एन जगेडा नक्साल जाँदै छन् ।

त्यस्तै मकवानपुरमा एसपीको रुपमा सुरेन्द्रबहादुर गुरुङ आउँदैछन् । उनी प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा थिए । त्यस्तै एसपी टिकाबहादुर केसी, कृष्ण प्रसाईँ, तुल बहादुर कार्की प्रकाश रानाभाट, बेलबहादुर पाण्डे, रमेश कुमार बस्नेत, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौरलगायतका एसपी सरुवा हुँदैछन् ।

हेर्नुहोस् प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab