मकवानपुर प्रहरीद्वारा ३२८ किलो लागुऔषध गाँजा नष्ट

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार ०८:२३
तस्वीरः जिल्ला प्रहरी कार्यालय मकवानपुर

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानबाट बरामद गरिएको ठूलो मात्राको लागुऔषध गाँजा बुधबार जलाएर नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको ३ सय २८ किलो लागुऔषध गाँजा संचारकर्मीहरुको रोहबरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको हो ।

प्रहरीले केही दिनअघि तेल, तरकारीको क्रेट, तरकारी बोकेको अटो, बेवारिसे अवस्थामा बरामद गरेकोसमेत गरी ३२८ किलो लागुऔषध गाँजा जलाएर नष्ट गरेको हो । प्रहरीले पछिल्लो समय लागुऔषध गाँजा नियन्त्रणमा चासो देखाएको छ । अधिकाँश भरियाहरु पक्राउ पर्ने गरेका छन् । तर, वास्तविक गाँजा तस्करसम्म भने प्रहरी पुग्न सकेको देखिँदैन ।