समाचार
एमाले महाधिवेशन : मकवानपुरबाट २ हजार मोटरसाइकलसहितको र्याली हुने
मकवानपुर । यही मंसिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय सानो सवारी तथा २ सय वटा बससहितको र्याली मकवानपुरबाट लगिने भएको छ । महाधिवेशनको लागि एमाले मकवानपुरले निर्माण गरेको प्रचार समितिले आज हेटौँडामा गरेको पत्रकार...
मकवानपुरमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ‘अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । जिसस मकवानपुरको आइतबार बसेको ८४ औं बोर्ड बैठकले सो निर्णय गरेको हो । उक्त प्रतियोगिता जिसस मकवानपुरको आयोजना तथा जिल्ला खेदकुद विकास समितिको व्यवस्थापनमा यही मंसिर १८ गतेदेखि २५ गतेसम्म हुने भएको हो...
चितुवाको छालासहित ४ जना पक्राउ
कर्णाली । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली...
आज नेप्से ७ अंकले बढ्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अर्थात् शुन्य दशमलव २९ प्रतिशतले बृद्धि भएर २ हजार ७६५ दशमलव ४४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा...
जाजरकोटमा महको उत्पादन घट्यो
जाजरकोट । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गत वर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश छन् । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन...
दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३...
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा खनाल निर्विरोध
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा दामोदर खनाल सर्वसम्मत चयन भएका छन् । सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएको मतदान अधिकृत कृष्ण दाहालले तु खबरलाई जानकारी दिए । त्यस्तै कार्यसमितिको सचिव बाहेकको पदमा सहमतिबाटै...
२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै
वीरगञ्ज । पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ ।...
बाह्र वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै
देउखुरी । कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई यो खोप लगाइएको थियो । शनिबारदेखि सबै बालबालिकालाई फाइजर...
इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र
मङ्गलबारे । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति...










