समाचार
आगलागीबाट तीन बालकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला...
आज यी स्थानमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने...
मकवानपुरे तामाङ साँस्कृतिक अभियन्ता मोक्तानको श्रद्धाञ्जली सभा
मकवानपुर । तामाङ घेदुङ मकवानपुर लगायत विभिन्न तामाङ भातृ संगठनले आफ्ना दिवंगत साँस्कृतिक अभियान्ता कृष्ण मोक्तानको ४९ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरेको छ । मकवानपुरे तामाङ समाजमा साँस्कृतिक जागरण अभियानका अभियन्ता तथा डम्फुरेको रुपमा परिचित मोक्तानको सोमबार साङ्गतोक पालारी गुम्बा बसपार्कमा पुजापाठसहित श्रद्धाञ्जली सभा भएको हो ।...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रौतहट । रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भन दुई जना घाइते भएका छन् । गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा...
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आत्मरक्षा तालिम
मकवानपुर । प्रदेश युवा परिषद् बामगती प्रदेशले चितवनमा आयाजना गरेको २दिने आत्मरक्षा तालिम सोमबा सम्पन्न भएको छ । चितवनको राप्ती नगरपालिकामा सञ्चालीत २ दिने महिला आत्मरक्षा तालिमको उद्घाटन बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले गरेका थिए । नेपाल सेल्फ डिफेन्स संघकी वरिष्ठ प्रशिक्षक राधिका ऐर हमाल, सहायक प्रशिक्षक डिलकुमारी...
नेकपा एमाले महाधिवेशन : थप एक सय ट्राफिक प्रहरी परिचालन गर्ने
चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा बागमती...
एमाले महाधिवेशन : उद्घाटन मञ्चको काम ४० प्रतिशत सकियो
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवम् एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका...
निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता
मकवानपुर । निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता भएको छ । निर्वाचन आयोगको २०७८ कार्तिक २९ गते बसेको बैठकले नेपाल विवेकशील पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टीलाई प्रमाणपत्र भने मंसिर ३ गते दिइएको छ । अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको...
नेकपा मकवानपुरको आयोजनामा मोटरसाइकल र्याली
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवस तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । विप्लव नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा आज (सोमबार) हेटौंडामा मोटरसाईकल र्याली गरेको छ । हेटौंडा चौकिटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली बुद्धचोक हुँदै राप्तीरोड, बसपार्कबाट सिमाचोक, फेरेष्टी, औद्यागिक क्षेत्र,...
थप ४ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या साढे ११ हजार पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण...










