थप ४ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या साढे ११ हजार पुग्यो

तु खबर संवाददाता
२०७८ मंसिर ६,सोमबार १७:३५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना संक्रमणमुक्र हुनेको कूल संख्या ९७ दशमलव ७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।