समाचार
९० प्रतिशत घरधुरीमा बिजुली
काठमाडौँ । आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । प्राधिकरणको...
पाँच अर्बभन्दा बढी राजस्व संकलन
पर्सा । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार...
सडकका खाल्टाखुल्टीले सास्ती
पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहुँदा सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् । ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै...
राती १० बजेपछि डिजे, बाजा र ब्यान्ड बजाउन रोक
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।...
एकैदिन १६०० ले घट्यो सुनको भाउ
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको...
नेपाल–कोरियामैत्री अस्पतालमा मुटु रोगको निःशुल्क सेवा
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको...
हुम्लाको लिमीमा सकियो जनगणना
सिमकोट । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित...
एमाले बैठक केही समयका लागि सर्यो
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक केही समयमा लागि सरेको छ । केन्द्रीय कमिटीmे मनोनय गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केही घण्टाका लागि सरेको हो । पार्टीका अध्यक्ष केपी र्मा ओलीको बीचमै अर्को कार्यक्रम भएको बैठक केहीबेर पर सरेको एमाले नेताहरुले बताएका छन ।...
सौराहाका होटलका सबै कोठा ‘बुकिङ’
चितवन । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको...
कांग्रेस निर्वाचनः मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा लोक मुक्तान विजयी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को सभापतिमा लोकबहादु मोक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् । त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले ३५३ मत पाए । त्यस्तै सचिव पदमा थल बहादुर थापा सन्तोष र बलराम घिमिरे...








