समाचार
महासङ्घद्वारा ‘लेकबेँसी घोषणपत्र’ जारी
भोजपुर । नेपाल पत्रकार महासङ्घ सुर्खेत जिल्ला शाखाले ‘लेकबेँसी घोषणापत्र’ जारी गरेको छ । लेकबेँसी नगरपालिकाको गमखोलामा सम्पन्न महासङ्घको सोमबार सम्पन्न तेस्रो पूर्ण बैठकले आठ बुँदे घोषणापत्र जारी गरेको हो । जारी घोषणापत्रमा प्रदेशसभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकलाई संविधानको परिकल्पनाअनुसार पूर्ण प्रेस...
कांग्रेसको सभापतिमा बान्तवा
भोजपुर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका हुन् । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए । तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो...
सातादेखि हराइरहेकी महिला मृत फेला
गोरखा । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत...
आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्नुहुँदै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको...
एमाले महाधिवेशन : हेटौंडामा आज बृहत मोटरसाइकल र्याली हुने
मकवानपुर । नेकपा एमाले मकवानपुरको आयोजनामा आज (मंगलबार) हेटौंडामा बृहत मोटरसाइकल र्याली हुने भएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि एमाले मकवानपुरले बृहत र्यालीको आयोजना गर्ने भएको हो । महाधिवेशनको पूर्व सन्धायमा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल र्यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवम् र्याली व्यवस्थापन...
कांग्रेस सभापति बानियाँ ६७६ मतसहित निर्वाचित
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिका लागी भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागी भएको मतदानबाट प्रत्यक्ष खुलातर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति...
महाधिवेशन प्रतिनिधिमा माइकल, रघुरमण र प्रभात निर्वाचित, रिता पराजित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सोमबार सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनिधि कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रभातकुमार दाहाल र पूर्व सभापति रघुरमण न्यौपाने विजयी निर्वाचित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिएका छन् । संस्थापनइतरका माइकलले ४५५, दाहालले ४५५ र न्यौपानेले ४८६ मत...
क्षेत्र नम्वर १ को सचिवमा सांगामी र लामा, अन्य पदमा को– को भए निर्वाचित ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वरको सचिवमा कविन सांगामी र दोर्जे लामा निर्वाचित भएका छन् । अर्का उम्मेदवार रमेश ढकाल पराजित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । त्यस्तै महाधिवेशन प्रतिनिधिमा महिला खुल्लातर्फबाट उर्मीला कुमारी पुलामी ५९७, पवित्रा विश्वकर्मा ५८३, अन्जना उपाध्याय ४८७ र मिरा बञ्जारा...
एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई
लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको...
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा
बैतडी । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र...








