क्षेत्र नम्वर १ को सचिवमा सांगामी र लामा, अन्य पदमा को– को भए निर्वाचित ?

तु खबर संवाददाता
२०७८ मंसिर ७,मंगलवार ०९:११

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वरको सचिवमा कविन सांगामी र दोर्जे लामा निर्वाचित भएका छन् । अर्का उम्मेदवार रमेश ढकाल पराजित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । त्यस्तै महाधिवेशन प्रतिनिधिमा महिला खुल्लातर्फबाट उर्मीला कुमारी पुलामी ५९७, पवित्रा विश्वकर्मा ५८३, अन्जना उपाध्याय ४८७ र मिरा बञ्जारा तिमल्सिना ४७२ मत सहित निर्वाचित भएका हुन् । अर्की उम्मेदवार रिता खनालले ३८८ मत प्राप्त गरेकी हुन् ।

प्रत्येक्ष जनताती पुरुषतर्फबाट चम्फुरत्न लामा ४९६, सुवास सिं तामाङ ४७०, अशोकराज शाक्य ४५६ मतसहित निर्वाचित भएका हुन् । अन्य उम्मेदवारहरु कर्णबहादुर थिङ्ले १४६, कान्छा लामा वाइवाले १८८ र रामबहादुर थिङले १४० मत प्राप्त गर्दै पराजय व्यहोर्नु परेको हो । प्रत्येक्ष पुरुष खुल्लातर्फ इन्द्रबहादुर बानियाा ६७३ मत सहित निर्वाचित भएका छन् ।

त्यस्तै आनन्दराम पराजुली ६११, अमृत कुमार लामा ५७७, विष्णुप्रसाद लामिछाने ४९३, दिनेश उपाध्याय ४८६, रघुरमण न्यौपाने ४८६, माइकल रामचन्द्र अर्याल ४५५, प्रभातकुमार दाहाल ४५५, रामबाबु बानियाँ ४४१, ताराचन्द्र बजगार्इँ ४०५ मत सहित निर्वाचित भएका हुन् । सभापति पदमा भने सोमबार नै दामोदर खनाल निर्विरोध भएका हुन् । अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएसंगै खनाल निर्विरोध चयन भएका हुन् । सहसचिव पद पनि निर्विरोध भएको थियो ।