महाधिवेशन प्रतिनिधिमा माइकल, रघुरमण र प्रभात निर्वाचित, रिता पराजित

तु खबर संवाददाता
२०७८ मंसिर ७,मंगलवार ०९:२१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सोमबार सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनिधि कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रभातकुमार दाहाल र पूर्व सभापति रघुरमण न्यौपाने विजयी निर्वाचित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिएका छन् ।

संस्थापनइतरका माइकलले ४५५, दाहालले ४५५ र न्यौपानेले ४८६ मत सहित निर्वाचित भएका हुन् । त्यस्तै संस्थापनइतर पक्षकी रिता खनाल भने पराजित भएकी छिन् । स्थानीय तह र क्षेत्रीय निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मात्रै जित हात पारेको थियो । त्यस्तै नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वरको सचिवमा कविन सांगामी र दोर्जे लामा निर्वाचित भएका छन् । अर्का उम्मेदवार रमेश ढकाल पराजित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । त्यस्तै महाधिवेशन प्रतिनिधिमा महिला खुल्लातर्फबाट उर्मीला कुमारी पुलामी ५९७, पवित्रा विश्वकर्मा ५८३, अन्जना उपाध्याय ४८७ र मिरा बञ्जारा तिमल्सिना ४७२ मत सहित निर्वाचित भएका हुन् । अर्की उम्मेदवार रिता खनालले ३८८ मत प्राप्त गरेकी हुन् ।

प्रत्येक्ष जनताती पुरुषतर्फबाट चम्फुरत्न लामा ४९६, सुवास सिं तामाङ ४७०, अशोकराज शाक्य ४५६ मतसहित निर्वाचित भएका हुन् । अन्य उम्मेदवारहरु कर्णबहादुर थिङ्ले १४६, कान्छा लामा वाइवाले १८८ र रामबहादुर थिङले १४० मत प्राप्त गर्दै पराजय व्यहोर्नु परेको हो । प्रत्येक्ष पुरुष खुल्लातर्फ इन्द्रबहादुर बानियाँ ६७३ मत सहित निर्वाचित भएका छन् ।

त्यस्तै आनन्दराम पराजुली ६११, अमृत कुमार लामा ५७७, विष्णुप्रसाद लामिछाने ४९३, दिनेश उपाध्याय ४८६, रामबाबु बानियाँ ४४१, ताराचन्द्र बजगार्इँ ४०५ मत सहित निर्वाचित भएका हुन् । सभापति पदमा भने सोमबार नै दामोदर खनाल निर्विरोध भएका हुन् । अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएसंगै खनाल निर्विरोध चयन भएका हुन् । सहसचिव पद पनि निर्विरोध भएको थियो ।