समाचार

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल मकवानपुर आउँदै

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रदेश विशेष इन्चार्ज लिलामणि पोखरेल मकवानपुर आउने भएका छन् । उनी नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि यही मंसि ११ गते थाहानगरपालिकामा आउने भएका हुन् । माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत हुने...

१० औं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले मकवानपुुरको मोटरसाइकल र्‍याली

मकवानपुर । नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा एमाले मकवानपुुरले आज हेटौंडामा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । एमालेको चितवनमा हुने १० औँ महाधिवेशनको लागि पार्टी सचिवालय सदस्य सुनिल मोक्तानको संयोजनमा हेटौंडाको विभिन्न ठाउँमा मोटरसाइकल र्याली गरिएको हो । हेटौंडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, बागमती, मनहरी,...

मकवानपुरको सबै क्षेत्रमा कांग्रेसलाई जिताएको दिन मात्रै माला लगाउँछु – इन्द्रबहादुर बानियाँ

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा क्षेत्र नम्वर १ र २ को अधिवेशन सफल बनाउन सहयोग पुर्याउने कांग्रेसका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, निर्वाचन समिति, सुरक्षा निकायका अधिकारीहरु, पत्रकारलगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । उनले सबै क्षेत्रमा सकेसम्म सहमतिबाटै...

एमाले महाधिवेशन : हेटौंडामा मोटसाइकल र्याली

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आज (मंगलबार) हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । यही मंसिर १० गते चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्धायमा प्रचारप्रसारको लागि हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित...

जेसीआई हेटौंडा लेडीले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने

मकवानपुर । जेसीआई हेटौंडा लेडीले सप्ताहव्यापी कार्यक्रमहरु गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले भोलि मंसिर ८ गतेबाट मंसिर १४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने जानकारी गराएकी हुन् । उनले कार्यक्रमको पहिलो दिन भोलि बिहान ७ बजे लेडी जेसीज र महिला...

मकवानपुर क्षेत्र नम्वर २ बाट महाधिवेशन प्रतिनिधिमा को–को निर्वाचित भए ? (मतपरिणामसहित)

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर क्षेत्र नम्वर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । मत परिणाम अनुसार प्रत्येक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् । प्रत्येक्ष खुल्लातर्फ इश्वर पाठक...

एमाले महाधिवेशनमा पन्ध्र सय बढी सुरक्षाकर्मी खटिदै

चितवन । नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनमा चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी...

एमाले महाधिवेशन : सौराहामा दुई हजार जना क्षमताको बन्दसत्र हल निर्माण हुँदै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ । महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक...

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

काठमाडौँ । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले...

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताए । बझाङका जनप्रतिनिधिले आज उनलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म...