माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल मकवानपुर आउँदै

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार ०८:१४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रदेश विशेष इन्चार्ज लिलामणि पोखरेल मकवानपुर आउने भएका छन् । उनी नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि यही मंसि ११ गते थाहानगरपालिकामा आउने भएका हुन् ।

माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलन अन्तरगत थाहा नगर सम्मेलनको प्रमुख अतिथिको रुपमा पोखरेल थाहा नगरपालिका आउन लागेको माओवादी नगर अध्यक्ष अरुण रायमाझीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रम नगरको जेसीज हलमा हुनेछ ।

उक्त सम्मेलनले आगामी दुई बर्षको लागि ६५ सदस्यीय नेतृत्व चयन गर्नेछ । सम्मेलनले ५९ सदस्यीय नगर कमिटिको निर्वाचन गर्नेछ भने थप ६ जना सदस्य नगर कमिटिले मनोनित गर्नेछ । सम्मेलनमा समावेशी किसिमले वडाहरुबाट प्रतिनिधि २ सय जना, नगर सम्मेलन आयोजक कमिटी ८१ जना गरि २ सय ८१ जना प्रतिनिधि र ६० जना पर्यवेक्षकको सहभागी हुने नगर अध्यक्ष रायमाझीले बताए ।

पार्टीको बिधान अनुसार नगर कमिटि गठन हुने थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टले जानकारी दिइन् ।माओवादी केन्द्रको बिधानमा हरेक कमिटिमा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र युवा २० प्रतिशत सहभागिता अनिवार्य गरेको छ ।