समाचार

झापामा पूजासामग्रीको उद्योग सञ्चालन

झापा । पूजा सामग्रीमा विदेशी निर्भरता घटाउन झापाको कमल गाउँपालिका–६ मा स्थानीय युवाको लगानीमा दिव्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि सञ्चालन भएको छ । डेढ वर्षअघि रु ३० लाखको प्रारम्भिक लगानीमा सुरु गरिएको उद्योगले कोभिड–१९ को चुनौती खेप्दै हाल प्रदेश नं १ को बजारमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको...

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडकोे टे«जरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको...

अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

कञ्चनपुर । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यहाँ १८ वर्षमाथि उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । यही मङ्सिर ११ देखि १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा...

नेपाल परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

मकवानपुर । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित भएका छन् । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय...

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस...

‘तेस्रोलिङ्गीका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका’

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आइतबार आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले ती समुदायले आफ्नो अधिकार अझै प्रयोग गर्न विभिन्न बाधा रहेको गुनासो गरेका थिए । कार्यक्रममा...

आगलागीबाट लेकसाइडका पाँच पसल क्षति

कास्की । पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् । रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं...

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

पाँचथर । नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा काँग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै काँग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्याउन सफल भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको...

गलेश्वर–भगवती सडक कालोपत्रे सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो । कार्यालय प्रमुख सन्तोष अर्यालले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र...