नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा खनाल निर्विरोध

तु खबर संवाददाता
२०७८ मंसिर ६,सोमबार १४:५०

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा दामोदर खनाल सर्वसम्मत चयन भएका छन् । सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएको मतदान अधिकृत कृष्ण दाहालले तु खबरलाई जानकारी दिए । त्यस्तै कार्यसमितिको सचिव बाहेकको पदमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ । महाधिवेशन प्रतिनिधितर्फ भने १८ जना सर्वसम्मत चयन भएको र खुल्लातर्फको ७ वटामा निर्वाचन हुने भएको निर्वाचन अधिकृत दाहालले बताए ।

क्षेत्रीय सहसचिवमा इन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । कार्यसमितिमा २५ जना र महाधिवेशन प्रतिनिधि २५ जना गरी क्षेत्र नम्वर १ बाट कूल ५० जना निर्वाचित हुँदैछन् । क्षेत्र नम्वर २ को अधिवेशन भने हेटौंडाको चौकीटोलमा भइरहेको छ ।

कार्यसमितिमा २५ जना र महाधिवेशन प्रतिनिधि २५ जना गरी क्षेत्र नम्वर १ बाट कूल ५० जना निर्वाचित हुँदैछन् । क्षेत्र नम्वर १ को अधिवेशन हेटौंडाको रोयल पार्टी प्यालेसमा भइरहेको छ भने २ को अधिवेशन भने हेटौंडाको चौकीटोलमा भइरहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट दामोदर खनाल र संस्थापन इतरका धर्मराज लामिछानेले उम्मेद्वारी दिएका थिए । लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि खनाल निर्विरोध भएका हुन् ।