आज नेप्से ७ अंकले बढ्यो

तु खबर संवाददाता
२०७८ मंसिर ६,सोमबार १५:२९
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अर्थात् शुन्य दशमलव २९ प्रतिशतले बृद्धि भएर २ हजार ७६५ दशमलव ४४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँको कारोबार भएको हो । यसैगरी, एनटिसीको २९ करोड १८ लाख, अरुण काबेली पावरको १४ करोड ८७ लाख, हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २७ लाख र नबिल बैंकको १२ करोड ४८ लाख भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, आज सर्वाधिक विकास बैंक समूहमा घटेको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंकको ३.७० प्रतिशत अकं, रिलाइबल फाइनान्सको ३.०६ प्रतिशत अकं, तेह्रथुम पावरको २.६० प्रतिशत अकं, साना किसान विकास बैंकको १.९८ प्रतिशत अकं, गुहेश्वरी मर्चेन्ट बैंकको १.९५ प्रतिशत अकं र जानकी फाइनान्सको १.९४ प्रतिशत अकंले घटेको हो । साथै मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।