समाचार
राजनीतिक दलहरुबीच सहमति नभई एमसीसीबारे संसदले निर्णय गर्दैन : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक दलहरुबीच सहमति नभई एमसीसीबारे संसद्ले निर्णय लिने अवस्था नरहेको बताएका छन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले दलहरुबीच आपसी सहमति र समझदारीबिना नै संसदले एमसीसीबारे निर्णय नलिने बताएका हुन्...
कांग्रेसको बागमती प्रदेश अधिवेशन: सभापतिका उम्मेदवार बानियाँले गरे मतदान
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी मतदानमा प्रदेश सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । मकवानपुर सभापति एवम् संसदीय दलका नेतासमेत रहेका बानियाँले निर्वाचन सुरु...
पछिल्लो २४ घण्टामा थपिए २३८ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं । देशभर थप २३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा संक्रमण...
अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने
काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप...
नेपाली क्रिकेटर मगरले फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने
काठमाडौं । नेपाली क्रिकेटर सीता राना मगरले महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्ने भएकी छन् । नेपाली राष्ट्रिय टोलीकी उप–कप्तान राना मगरले हङकङमा हुने उक्त प्रतियोगिता खेल्ने भएकी हुन् । हालै मात्र टी–२० महिला विश्वकपको एसिया छनोट खेलेर आएकी उनले केही दिनको आराम पछि तयारीमा जुट्ने बताइन् । उनले...
कांग्रेसको बागमती प्रदेश अधिवेशन: मतदान सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भर्खरै मतदान सुरु भएको हो । कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि...
हेटौंडा उपमहानगरपालिकाद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिले अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा उपमहानगरपालिका क्षेत्रभित्र रहेका अपाङ्गता भएका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको मेयर हरिबहादुर महतले जानकारी दिए । बोल्न सक्ने, हिड्न सक्ने र पहुँच भएकाहरुलाई भन्दा पनि...
कांग्रेस अधिवेशन : मतदान अधिकृतद्वारा राजीनामा
महोत्तरी । नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ का क्षेत्रीय अधिवेशनका मतदान अधिकृत धिरेन्द्र मण्डलले राजनीनामा दिएका छन् । उनले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिकरुपमा प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै उनले आपत्ति जनाउँदै राजीनामा दिएका हुन् । गत मंसिर १५ मा सहमतिमार्फत...
अझै सुरु भएन कांग्रेस बागमती प्रदेशको मतदान
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत हेटौंडामा आज (शनिबार) बिहानैदेखि सुरु हुने भनिएको मतदान अझै पनि सुरु हुन सकेको छैन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) खेल मैदानमा बिहान ९ बजेबाट मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्नेलगायत विभिन्न प्राविधिक...
फरेष्टीमा गुञ्जियो नाराः ‘आमा दिदी दाजुभाई, भोट हालौँ बानियाँलाई’
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा जारी प्रदेश अधिवेशनमा मतदान सुरु हुँदै लाग्दा कांग्रेसका नेता तथा कार्यकर्ताले इन्द्र बानियाँको प्यानलमा मत माग्दै नारा लगाएका छन् । मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता बानियाँको पक्षमा मकवानपुरसहित प्रदेशका कार्यकर्ताहरुले नारा लगाएका हुन् । फरेष्टी मुल गेटमा नेता...









