समाचार
कांग्रेसको बागमती प्रदेश अधिवेशन : सभापतिको मत गन्न सुरु
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । अधिवेशन स्थल वन विज्ञान अध्ययन संस्थानभित्र मतगणना कार्य भइरहेको छ । मतगणना स्थलमा बागमती प्रदेशका सभापति पदका उम्मेदवारहरु इन्द्रबहादुर बनियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान पनि उपस्थित छन् । निर्वाचन समितिका अनुसार, अहिले सभापति...
टिप्पणी– राज्यको धन मास्ने काम मुख्यमन्त्री पाण्डेले नगरुन्
नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे अहिले बागमती प्रदेशका मुख्यमन्त्री छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पाण्डे प्रदेशमा मन्त्रालय टुक्र्याएपछि विवादित बनेका छन् । सात वटाबाट उनले चौध वटा मन्त्रालय बनाउने गरी निर्णय गरेका छन् र यो राजपत्रमा पनि प्रकाशित भइसकेको छ । यो निर्णयसँगै अब बागमती प्रदेशमा कम्तीमा...
जसपा नेता प्रेम तामाङद्वारा कांग्रेस अधिवेशनमा मतदान
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको निर्वाचनमा अनौठो दृश्य देखिएको छ । त्यो दृश्य के भने जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेका प्रेम तामाङले नेपाली कांग्रेसको प्रदेश अधिवेशनका क्रममा हेटौंडामा भइरहेको मतदानमा मत हालेका छन् । रसुवाबाट ६५ जना प्रतिनिधि रहेकोमा एक जना अञ्जना तामाङ मतदानमा अनुपस्थित छिन्...
कांग्रेस अधिवेशन : ९८ प्रतिशत मतदाताले गरिसके मतदान
हेटौंडा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार जारी बागमती प्रदेशको मतदानमा हालसम्म २ हजार १ सय ५ मत खसेको छ । यससंगै ९८ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् । कूल २ हजार १ सय ५० जना मतदाता रहेकोमा २ हजार १ सय ५ जनाले मतदान...
प्रेसलाई अंकुश लगाउने गरी बनेका ऐन खारेज गरिन्छ : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेसलाई अंकुश लगाउने गरी बनेका ऐनहरु खारेज गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपालको महाधिवेशनको उद्घाटनपछि मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यस्तो बताएका हुन् । लोकतन्त्र सुदृढ गर्न प्रेस स्वतन्त्र हुनुपर्ने दाहालका भनाई छ । विगतका सरकारले प्रेस स्वतन्त्रतालाई...
कांग्रेस बागमती प्रदेश निर्वाचन: ६१ प्रतिशतले गरे मतदान
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार जारी मतदानमा हालसम्म ६१.६२ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् । कूल २ हजार १ सय ५० जना मतदाता रहेकोमा १ हजार ३ सय २५ जनाले मतदान गरिसकेको प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् । तोकिएभन्दा ६...
महालक्ष्मी विकास बैँकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग
मकवानपुर । महालक्ष्मी विकास बैँक कमाने शाखाले आज फोहोर संकलनको लागि हेटौंडा ११ स्थित टोल विकास संस्थालाई डस्टबिन ( फोहोर हाल्ने भाँडो ) सहयोग गरेको छ । स्थानिय विष्णु कप्रौलाको पहलमा गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन बैंकले सहयोग गरेको हो । हेटौँडा उपमहानगरपालिका ११ का कार्यबाहक...
संविधान संशोधन गर्न हामी लागि परेका छौँ – बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको बताए । शनिबार काठमाडौँमा आयोजित एक...
सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले श्रम तथा...
गण्डकी प्रदेश अधिवेशनमा रामचन्द्र पौडेलले गरे मतदान
काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश अधिवेशनमा मतदान गरेका छन् । उनले मतदानस्थल पोखराको प्रदर्शनी केन्द्र पुगेर मतदान गरेका हुन् । मतदानपश्चात उनले मतदान गर्दा आत्मा साक्षी राखेर पार्टी रूपान्तरण गर्न सक्ने उम्मेदवार खोजी–खोजी मतदान गरेको बताएका छन् । गण्डकी सभापतिमा बरिष्ठ नेता पौडेल समूहबाट...










