जसपा नेता प्रेम तामाङद्वारा कांग्रेस अधिवेशनमा मतदान
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको निर्वाचनमा अनौठो दृश्य देखिएको छ । त्यो दृश्य के भने जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेका प्रेम तामाङले नेपाली कांग्रेसको प्रदेश अधिवेशनका क्रममा हेटौंडामा भइरहेको मतदानमा मत हालेका छन् । रसुवाबाट ६५ जना प्रतिनिधि रहेकोमा एक जना अञ्जना तामाङ मतदानमा अनुपस्थित छिन् । स्रोतले बताए अनुसार, प्रदेशसभा सदस्य तामाङले जारी अधिवेशनमा मतदान गरेका छन् ।
स्रोतले प्रदेशसभा सदस्य तामाङले अधिवेशनमा भाग लिएको दावी गरेको छ । उनले मतपत्रको अर्धकट्टीमा हस्ताक्षर समेत गरेका छन् । नेपाली कांग्रेस स्रोतले पनि प्रदेशसभा सदस्य तामाङले मतदानमा भाग लिएको पुष्टि गरेको छ । यसैबीच, हेटौंडाको वन विज्ञान अध्ययन सस्थानमा जारी मतदान अन्तिम चरणमा पुगेको छ । सभापतिको मतगणना आजै केही छिनपछि गर्ने तयारी निर्वाचन समितिको छ ।
