कांग्रेसको बागमती प्रदेश अधिवेशन : सभापतिको मत गन्न सुरु
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । अधिवेशन स्थल वन विज्ञान अध्ययन संस्थानभित्र मतगणना कार्य भइरहेको छ । मतगणना स्थलमा बागमती प्रदेशका सभापति पदका उम्मेदवारहरु इन्द्रबहादुर बनियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान पनि उपस्थित छन् ।
निर्वाचन समितिका अनुसार, अहिले सभापति पदको मतगणना सुरु भएको छ ।
यसअघि २ हजार ८३ जना मतदाताले मतदानमा सहभागिता जनाएका छन् । ६८ जना मतदाता मतदानमा अनुपस्थित भएका छन् ।सभापति शेरबहादुर देउवा पक्षबाट बानियाँ, कृष्ण सिटौला पक्षबाट प्रधान र रामचन्द्र पौडेल पक्षबाट केसी बागमती प्रदेश सभापति पदका उम्मेदवार भएका हुन् ।
