समाचार
आजदेखि बाघ गणना
काठमाडौं । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदैछ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा...
कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने भएका छन् । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी राजीनामा दिने तयारी गरेको बताए । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघमा हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघमा संचालन गर्ने भएको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धिका लागि माघ २ र ३ गते परीक्षा संचालन गर्ने भएको हो । बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी...
कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान सुरु
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको १४ औँ महाधिवेशन हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा सभापतिको पुनः मतदान सुरु भएको छ । शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान सुरु भएको हो । निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार, कांग्रेसको विधानमा सभापतिमा खसेको...
सभापतिका उम्मेदवार प्रधानको अर्का उम्मेदवार बानियाँलाई समर्थन गर्ने घोषणा
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका उम्मेदवार भीमसेन दास प्रधानले अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् । हेटौंडामा केहीबेर अघि पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा भने, मेरो समर्थन इन्द्र बानियाँलाई छ । शनिबार सम्पन्न...
नारायणी सहकारी हेटौंडाको अध्यक्षमा गुरुङ
मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडाको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । कात्तिक २७ गते भएको २५ औं साधारणसभाबाट अध्यक्षसहित ३ पदमा सर्वसहमत भएपनि बाँकी १० पदमा निर्वाचन भएको हो । १३ सदस्यीय कार्यसमितिको अध्यक्षमा जंगबहादुर गुरूङ, सचिवमा नारायण प्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र अधिकारी सर्वसहमत चयन भएका...
मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु
लमजुङ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गएराति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना ३५ प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । भकुण्डेमा घर...
कांग्रेस बागमतीको सभापतिमा पुनः मतदान साढे ११ बजेपछि हुने
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन अन्तरगत सभापतिको पुनः मतदान आज (आइतबार) साढे ११ बजेदेखि हुने भएको छ । शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान हुने भएको प्रदेश निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जानकारी दिए । निर्वाचन अधिकृत काफ्लेका...
कांग्रेस कर्णालीको सभापतिमा शाही
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् । शाही संस्थापन समूहका हुन् । शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका...
कमल थापाको आरोप : पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको हस्तक्षेप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक चुनावमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले सामाजिक संजालमार्फत उक्त आरोप लगाएका हुन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ उनले सामाजिक संजालमा...










