समाचार

स्वास्थ्य सेवाको स्तरीयतामा कमी हुन नदिन मन्त्री लामाको निर्देशन

मकवानपुर ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका स्वास्थ्य संस्थाबाट दिईने सेवाको स्तरीयतामा कमी हुन नदिन निर्देशन दिएका छन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको ‘आवश्यक निःशुल्क औषधी र स्वास्थ्य सामग्रीको परिमाण’ सम्बन्धी ३ दिने गोष्ठी समापन कार्यक्रममा बोल्दै मन्त्री लामाले नागरिकको स्वास्थ्य सधैं...

नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षका बलायर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जना मतदान प्रक्रियामा सहभागि भएकोमा बलायरले ६ सय ८८ मतसहित जित हाँसिल गरेका हुन् । त्यस्तै नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका हुन्...

स्रोत नखुलेको ६९ लाखसहित खनाल पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका–१ दरवारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले...

राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले लिए सपथ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आज सपथ ग्रहण गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ...

आज नेप्से ७२ अंकले घट्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७२ दशमलव ३० अंकले घटेर २ हजार ५१३ दशमलव ८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख...

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २ जनाको शव पहिचान भइसकेको र अन्यको पहिचानको लागि आवश्यक अनुसन्धान भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । विष्फोटमा परेर अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन...

कोरोना अपडेट : थपिए २०५ संक्रमित, भए ४३६ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५...

कांग्रेस बागमती अधिवेशन : सभापतिको लागि १५ सय मत खस्यो

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन अन्तरगत सभापति पदका लागि जारी पुनः निर्वाचनमा १ हजार ५०० मत खसेको छ । हेटौंडामा जारी अधिवेशनमा दिउँसो २ बजेबाट सुरु भएको निर्वाचनमा हालसम्म १ हजार ५०० मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ । कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत...

कांग्रेस अधिवेशन : गण्डकी प्रदेशमा

कास्की । नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ८४ मतान्तरले विजयी भएका हुन् । उनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट सभापतिमा विजयी भएका हुन् । सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी...

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

धनुषा । नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस...