स्रोत नखुलेको ६९ लाखसहित खनाल पक्राउ

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार १६:४३

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका–१ दरवारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।