नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षका बलायर निर्वाचित

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार १६:५७

काठमाडौँ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जना मतदान प्रक्रियामा सहभागि भएकोमा बलायरले ६ सय ८८ मतसहित जित हाँसिल गरेका हुन् । त्यस्तै
नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका हुन् ।

पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतका साथ विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए । यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् ।