समाचार

८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ...

मकवानपुरमा थपिए ३ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा ३६ जनाको पीसीआर र १ जनाको एन्टिजेन परीक्षण गर्दा...

मकवानपुर प्रहरीद्वारा ७ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार जिल्लाको मनहरी गाउँपालिका वडा नं. ८ स्थित मनहरी खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

थप ३१५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय १० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार ३ सय ८६ जनाको पीसीआर...

आज ३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको हो । गत आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार ३२ अंकले बढेको थियो । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय...

स्थानीय तहका १६१३ कर्मचारी सरुवा

काठमाडौं । सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंगलबार स्थानीय तहका १ हजार ६१३ जना कर्मचारीको काज सरुवाको निर्णय सार्वजनिक गरेको हो । स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज...

राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी निर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आगामी पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने समय तोकिएको छ...

कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु

मकवानपुर । हेटौंडामा कोरोना संक्रमणका कारण हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ र्की ६३ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आज बिहानमा उपचारको क्रममा हेटौंडा अस्पतलामा मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज प्रशान्त बिडारीले जानकारी दिए । उनका अनुसार, चार दिनअघि...

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०३–०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिरको समयमा ठोक्किए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...

दुबई उड्न लागेका ७६ यात्रु फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागमन कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जनामध्ये...