ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार १०:२४
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०३–०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिरको समयमा ठोक्किए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खला रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।