समाचार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा प्रादेशिक कार्यशाला

मकवानपुर । हेटौंडामा प्राविधिक तथा व्यावसायीक शिक्षा एवम् तालिम क्षेत्रको रणनीतिक योजना तर्जुमाका लागि क्षेत्रगत बिश्लेषण सम्बन्धी दुई दिने प्रादेशीक कार्यशाला भएको छ । उक्त कार्यशाला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको हो । कार्यशालाको उद्घाटन् उपमहानगरपालिकाका मेयर हरिबहादुर महत गरेका हुन् । उनले अबको युग भनेको प्राविधिक...

हेटौंडामा बहुउद्देश्यीय भवन निर्माणको लागि सम्झौता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि सम्झौता गरिएको छ । सोमबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋशी बानियाँका बिचमा सम्झौतामा हस्ताक्षर गरिएको हो । कुल ७७ करोड ९३ लाख ७२...

कांग्रेस बागमती प्रदेश पदाधिकारीको निर्वाचन नतिजा सार्वजनिक, कुन पदमा को भए विजयी ?

मकवानपुर । गत शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः १ हजार ५९ र १ हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन्...

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा.शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । सोमबार संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा...

कांग्रेस महाधिवेशनमा २९३ वटा बुथबाट मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए । यही मंसिर २४ गतेदेखि...

बैतडी जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृतयु भएको छ । बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा सोमबार साँझ दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दुर्घटनामा...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको आयोजनामा सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ मा रहेको माडि माध्यामिक विद्यालयमा आज भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन , भ्रष्टाचारको कारण, असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी शिक्षक तथा शैक्षिक...

एमाले स्थायी कमिटी गठनको तयारी

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । स्रोतका अनुसार, पार्टीका नवनियुक्त अध्यक्ष केपी शर्मा ओली र उनी निकटका पदाधिकारीहरुलाई स्थायी कमिटीमा ल्याउने तयारी रहेको छ । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ । स्रोतका अनुसार, अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त,...

थप २६५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठक बोलाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै अध्यक्ष लिङ्देनले बुधबार केन्द्रीय समितिको बैठक बोलाएका हुन् । उनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर...