समाचार

आगामी चुनावमा माओवादी पहिलो दल : महरा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा ९माओवादी० पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका हुन् । अन्य दलमा जस्तो यस...

आज नेप्सेमा हरियाली, ३२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज भने हरियाली छाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५४६ दशमलव ०९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचिकृत २२७...

भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

बैतडी । बैतडीमा भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ। भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना...

मकवानपुरमा थपिए ८ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप ८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, मकवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकाका एक/एम जना...

एक सातामा विमास्थलबाट ७२ किलो सुन भित्रियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा ७२ किलो काँचो सुन भित्रिएको छ । गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विभिन्न देशबाट ७२ किलो ७ सय ग्राम काचो सुन नेपाल भित्रिएको हो । उक्त सुन विदेशबाट नेपाल फर्कने एक हजार ५३० जना नेपालीले आ–आफ्नो साथमा ल्याएको विमानस्थल...

टिपरको ठक्करबाट आमा–छोराको मृत्यु

बुटवल । प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ । चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका...

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित

मकवानपुर । नेपालमा पनि कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा पनि ओमिक्रोन संक्रमित भेटिएको जानकारी गराइएको हो । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार, एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका...

मकवानपुरका मोक्तान र घलान पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने २७ वर्षीय बिनोद मोक्तान र...

कांग्रेस बागमती प्रदेश अधिवेशन: पदाधिकारीहरुको मतगणना हुँदै

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा भएको बागमती प्रदेशको निर्वाचनको मत गणना जारी छ । सभापति पदको मत गणना आइतबार नै गरिसकिएको छ भने अन्य पदाधिकारीहरुको बाँकी रहेको निर्वाचन अधिकृत केशवराज काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार हेटौंडाको कमलडाँडास्थित सगरमाथा पार्टी प्यालेसमा मतगणना गर्ने तयारी...

दुर्घटना हुँदा दुईको मृत्यु

धनगढी । बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बेलुका सदरमुकाम मार्तडीदेखि अमकोट जाँदै गरेको अटो बडीमालिका नगरपालिका–८ को सुवाकाधमा सडकबाट भिरमा २ सय मिटर तल बुढीगंगा नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...