कांग्रेस बागमती प्रदेश अधिवेशन: पदाधिकारीहरुको मतगणना हुँदै

तु खबर संवाददाता
२०७८ मंसिर २०, सोमबार १२:५७

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा भएको बागमती प्रदेशको निर्वाचनको मत गणना जारी छ । सभापति पदको मत गणना आइतबार नै गरिसकिएको छ भने अन्य पदाधिकारीहरुको बाँकी रहेको निर्वाचन अधिकृत केशवराज काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार हेटौंडाको कमलडाँडास्थित सगरमाथा पार्टी प्यालेसमा मतगणना गर्ने तयारी भइरहेको र केही बेरमा नै गणना सुरु हुने छ ।

आज २ उपसभापति, २ महामन्त्री र १ महिलासहित ३ सह–महामन्त्रीको लागि भएको निर्वाचनको मत गणना हुने निर्वाचन अधिकृत काफ्लेले बताए । सभापति पदमा भने मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् ।