मकवानपुरमा थपिए ८ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ मंसिर २०, सोमबार १५:४०

मकवानपुर । मकवानपुरमा थप ८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, मकवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकाका एक/एम जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ५ सय ५ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भएका ३ जना आज संक्रमणमुक्र भएका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार २ सय २२ जना पुगेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोना संक्रमणबाट मृ्त्यु भएको छैन ।

यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।