समाचार
गठबन्धन बैठकः राष्ट्रियसभाका १९ सिटमा भागबण्डा टुंगियो, कस्लाई कति ?
काठमाडौं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार, आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद विदा...
रेशम चौधरीको नयाँ दल दर्ता गर्न समर्थकहरु निर्वाचन आयोगमा
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न उनका समर्थकहरु निर्वाचन आयोग पुगेका छन् । आज (सोमबार) बाजागाजासहित दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका हुन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजासहित निर्वाचन आयोग...
केन्द्रीय समितिले आज माओवादीको पदाधिकारी चयन गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आजसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ सय ३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १ सय ३२ जना र सामानुपातिकतर्फ १...
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
काठमाडौं । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन् । रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक) ले श्रीमती कमला खड्का ९२६ को घाटी थिचेर हत्या गरेका हुन् । गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर...
हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ...
मकवानपुर प्रहरीद्वारा १ करोड बढी राजस्व संकलन
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपरले चालु आर्थिक वर्षको ५ महिनामा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा चालु आवको साउनदेखि मंसिर मसान्तसम्म १ करोड ८२ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये साउन महिनामा १७ लाख...
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा...
माओवादी केन्द्रीय सदस्यमा मकवानपुरबाट २ जना
मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् । केन्द्रीय सदस्य चयन हुनेमा दुबै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा १११ जनासहित उनीहरूको नाम घोषणा...
हेटौंडाका १७० जना विद्यार्थीलाई न्यानो कपडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ नकौलीका १ सय ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सन अफ लाईफका सदस्य एवम् स्वास्थकर्मी राजु गुरुङ्गले शतप्रतिशत तामाङ्ग समुदायको बालबालिका अध्ययन गर्ने नकौलीको कालिका आधारभूत विद्यालयका १ सय ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । गुरुङले...
माओवादी महाधिवेशन : खुलातर्फको केन्द्रीय सदस्यमा १११ जना छनोट
काठमाडौं । नेकपा माओवादी केन्द्रले खुलातर्फबाट केन्द्रीय सदस्यमा १११ जना छनोट भएका छन् । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् । माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर, प्रचण्डले १११ जनाको नाम...









