समाचार

बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा आज (आइतबार) बिहान मलामी सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको । बुटवलदेखि रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, अर्घाखाँचीको मालारानी गाउँपालिका–२, कुभिण्डे स्थायी घर...

प्रहरीले गोली प्रहार गर्दा पाँच जना घाइते

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भएको जनमत पार्टीकाको प्रदर्शमा प्रहरीले गोली प्रहार गरेको छ । आज (आइतबार) बिहानैदेखि सडक जाम गरी प्रदर्शन गरेर बसेका पार्टीका कार्यकर्तामाथि गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनसार, सो क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड...

कांग्रेसमा थप तीन केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । सभापति देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री...

वडाध्यक्षसहित १४ पक्राउ

जाजरकोट । जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित प्रहरीले १४ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जुवाको खालबाट पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति...

माओवादीको पदाधिकारी र सदस्य सहमतिमै चयन गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति...

बागमती सरकारले मन्त्रालय फुटाउँदा जनतालाई आर्थिक भार बढ्योः शाक्य

मकवानपुर । नेकपा एमालेको उपाध्यक्ष एवम् बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेको बताएकी छिन् । दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेर खर्च बढाउँदै जनतालाई आर्थिक भार मात्र हुने काम वर्तमान सरकारबाट भएको उनले टिप्पणी गरिन् । शनिबार...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहनुका साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा...

एमाले बागमती प्रदेश सदस्य आचार्यको निधन

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य लीलाधर आचार्यको निधन भएको छ । ६२ वर्षीय आचार्यको चितवनको भरतपुर महानगरपालिका–१० स्थित, आफ्नै निवासमा शुक्रबार राति निधन भएको हो । शनिबार विहान देवघाटमा आचार्यको अन्त्येष्टि गरिएको हो । उनी केही समयदेखि अस्वस्थ्य थिए । एमाले चितवन अध्यक्ष पार्वती रावलले शनिवार...

संवेदनशील टोल विकास संस्थाको दशौं वार्षिक साधारणसभा

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्वर–९ स्थित संवेदनशील टोल विकास संस्थाको दशौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष नबराज कोइरालाको सभाध्यक्षमा भएको साधारण सभा हेटौडा उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भन्डारीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वयका...

नेकपा समाजवादी राक्सिराङको भेला पुस १९ गते

मकवानपुर । नेकपा (एकीकत समाजवादी) राक्सिराङ गाउँपालिकाका प्रथम गाउँ भेला पुस १९ गते सोमबार हुने भएको छ । चैनपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा गाउँपालिका स्तरीय भेला आयोजना गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इञ्चार्ज कृष्णबहादुर चेपाङले जानकारी दिए । भेलामा पार्टीको गाउँ कमिटी, युवा संघ...