यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहनुका साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
आज देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, सोमबार देशभर आंशिक बदलीको रहने छ भने मंगलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेकोछ ।
