समाचार

देशभर साढे ७ लाख नयाँ मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । मतदाता नामावली संकलन अभियानअन्तरगत शुक्रबारसम्म देशभर ७ लाख ४९ हजार नयाँ मतदाताहरु थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला...

माओवादीको बन्दसत्र अपराह्न ५ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएका छन् । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका...

लमजुङमा भूकम्पको धक्का

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि...

माओवादी महाधिवेशन : सर्वसम्मतिले पार्टीको विधान पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्दसत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन्...

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित

मकवानपुर ।  एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै एक्सपर्ट अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्ति मार्फत सम्मानित भएको जानकारी दिएको हो । एक्सपर्ट एजुकेसन हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले आज...

जम्मु काश्मिरमा १२ जनाको मृत्यु

काठमाडौँ । भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् । जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो...

आज राष्ट्रिय टोपी तथा पोशाक दिवस मनाइँदै

काठमाडौँ । आज नवौं राष्ट्रिय टोपी दिवस एवम् राष्ट्रिय पोशाक दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ । यस्तै पुस १७ गते राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ । यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस...

नेकपा माओवादी केन्द्रको विधान पारित हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट शनिबार विधान पारित हुँदैछ । कमलादीको प्रज्ञा भवनमा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गको बन्दसत्रमा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो । नेता देवप्रसाद गुरुङले आज विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ दिएपछि मस्यौदा पारित गर्ने कार्यसूची रहेको...

पूर्व मुख्यमन्त्री शेरधन राइले फिर्ता गरे सरकारी गाडी

काठमाडौँ । प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्त भएको ४ महिनापछि सरकारी गाडी फर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका उनको तीव्र आलोचना भएपछि गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का...

पूर्व राष्ट्रपति पार्क कारागार मुक्त

काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई वर्तमान राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् । जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार...