समाचार
राष्ट्रियसभाको निर्वाचन प्रकृया आजदेखि सुरु
काठमाडौं । राष्ट्रियसभामा सदस्यका लागि आज (शनिबार) देखि निर्वाचन प्रक्रिया सुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, आजदेखि सरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि...
वीपी विचार समाज मकवानपुरले मनायो राष्ट्रिय मेलमिलाप दिवस
मकवानपुर । वीपी विचार समाज मकवानपुरले शुक्रबार हेटौंडामा वैचारिक प्रवाह तथा बधाई शुभकामना आदानप्रदान गर्दै ४६ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले महामानव वीपीले लिएको समाजवाद मेलमिलापको सिद्धान्त वर्तमान अवस्थामा पनि अति सान्दर्भीक भएको बताइन् । उनले जनताको लागि कांग्रेसले...
तामाङ पत्रकार संघ मकवानपुरले शुभकामना कार्यक्रम गर्ने
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरले तामाङ समुदायको विशेष चाड सोनाम ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार बसेको संघको बैठकले आगामी माघ १५ गते ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । आगामी माघ १९ गते ल्होसार परे पनि माघ १५ गते...
कांग्रेस सह–महामन्त्री डीना हेटौंडामा सम्मानित
मकवानपुर । सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती र ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आयोजित राष्ट्रिय मेलमिलापमा किसुनजीको अन्तरनिहित...
विपीको मेलमिलापको नीति अझै सान्दर्भिक : बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विपीको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले कांग्रेसले अवलम्बन गरेको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको बताएका...
कांग्रेस मकवानपुरले मनायो मेलमिलाप दिवस
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस कार्यक्रम नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा सहमहान्त्री डीनाले कांग्रेसका संस्थापक नेता वीपी कोईराला लगायतका अन्य नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश...
एमाले मकवानपुरका जिल्ला अधिवेशन प्रतिनिधि छनोट
मकवानपुर । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनका प्रतिनिधि शुक्रबार छनोट भएका छन् । मकवानपुर जिल्लाका १०२ वटै वडामा जिल्ला अधिवेशन प्रतिनिधि छनोटको भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य नरेन्द्र भण्डारीका अनुसार वडाबाट सौहार्द्ध वातावरणमा प्रतिनिधि चयन भएको छ । समावेशी अवधारणामा...
आजबाट नयाँ वर्ष २०२२ सुरु
मकवानपुर । इस्वी सम्वतको नयाँ वर्ष सन् २०२२ आज (शनिबार) देखि सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२१ को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यशु खीस्टको जन्म भएको वर्षदेखि पादरी गेनोरियनले सुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने गरिएको हो...
हेटौंडामा शहिद स्मृति फुटबल माघ १६ गतेदेखि
मकवानपुर । हेटौंडामा हुने गरी शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मिति तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुँदै आएका मुख्य ६ गोल्डकप फुटबल प्रतियोगिताको आयोजना मिति तय गरेको हो । जसमध्ये हेटौंडामा आगामी माघ १६ देखि २६ सम्म हुनेछ । एन्फाले मिति तय...
राप्रपाले ४ नेतालाई निष्काशन गर्ने
काठमाडौं । राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार चार नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । बैठकको सिफारिस अनुसार, अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई...










