समाचार

चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेश गर्ने घोषणा गरेका हुन् । उनले प्रतिनिधिबाट आएका...

माओवादी महाधिवेशनः बन्दसत्रबाट राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र...

पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न...

सीके राउत नेतृत्वको पार्टीका ९ कार्यकर्ता पक्राउ

रौतहट । पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरबाट प्रहरीले सीके राउन नेतृत्वको जनमत पार्टीका ९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।शुक्रबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा आन्दोलन गरिरहेकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले...

र्‍यापर लाउरेलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । र्‍यापर लाउरे भनेर चिनिने आशिष राना मगरलाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले उनीसँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित...

थप २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप २३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ...

पूर्व प्रधानन्यायाधीशहरुको सम्पति छानविन गर्न उजुरी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानविन गर्न उजुरी दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्व प्रधानन्यायाधीशहरू, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै शुक्रबार सम्पत्ति...

दुर्घटनाका घाइतेको उपचारका लागि उपकरण सहयोग

मकवानपुर । सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।...

एमसीसीविरुद्ध आइतबार २२ दलले विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा बृहत विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुरा बारे जानकारी गराएको...

मिनि ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रबार मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्वरको मिनि ट्रक सडकबाट करिब १०० मिटर खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाmे...