समाचार

सगरमाथा सहकारीको बचत ७ करोड ८७ लाख

मकवानपुर । हेटौंडा–४, पारिजातपथमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष आयुष कुमार डोटेलको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष साथै बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।...

जेसीजमा नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति

मकवानपुर । बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयनप्रति पूर्व अध्यक्षहरुले असहमति जनाएका छन् । सात जना पूर्वअध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्व अध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला, बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बतौला, पुस्कल न्यौपाने, राममणि...

जिल्ला स्तरीय भलिवलको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठानलाई

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्वर १ को सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको...

थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको यो संख्या पछिल्लो...

कांग्रेस केन्द्रीय सदस्यमा पौडेलसहित १० जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार, सभापति देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । देउवाले पौडेलसँगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार,...

कांग्रेस मकवानपुरको सचिव पदमा मेरो उम्मेदवारी रहन्छ– सापकोटा

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । अधिवेशनले उत्साह छाएको बेला जिल्ला नेतृत्व, पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । विगतमा भन्दा यस बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । कांग्रेस मकवानपुरले १०२ वटै वडा, १० वटा...

माओवादी महाधिवेशन : मतदाता नामावली सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले ८ औं महाधिवेशन अन्तरगत मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले शनिबार मतदातामा नामावली सार्वजनिक गरेको हो । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १ हजार ७४२ जना महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै...

६० लाख बराबरको सामान र ट्रकसहित एक जना प्रहरीको नियन्त्रणमा

पर्सा । पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न.। २२ स्थित परवानीपुर चोकमा चलाइरहेको प्रदेश नं. २–०३–००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकसहित एक जनालाई प्रहरीले नियन्त्रण्मा लिएको हो । प्रहरीले उक्त सामान र...

रानी वनको २५ औं साधारणसभा सम्पन्न

मकवानपुर । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभा समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता तथा हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभामा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन,...

पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवम् पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा...