आजबाट नयाँ वर्ष २०२२ सुरु
मकवानपुर । इस्वी सम्वतको नयाँ वर्ष सन् २०२२ आज (शनिबार) देखि सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२१ को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यशु खीस्टको जन्म भएको वर्षदेखि पादरी गेनोरियनले सुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नेपालमा विक्रम सम्वत् का आधारमा वैशाख १ गते नयाँ वर्ष मनाउने गरिए पनि ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि मनाउने क्रम बढ्दै गएको छ । नेपालसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न पर्यटकीय क्षेत्रमा भेला भएर नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको दिन शनिबार नवा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पान मनाइँदैछ । नेपाली टोपी प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन विश्वव्यापीरुपमा आग्रह गरेको थियो। नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवम् सम्पूर्ण नेपाली भाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउन टोपी दिवस मनाउन थालिएको दिवसका संस्थापक अभियन्ता शंकर बन्जाडेले जानकारी दिए । यस वर्ष ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन प्रतिष्ठानले आग्रह गरेको छ ।
